महेश बस्नेतको उपस्थितिमा सिन्धुली पार्टी कार्यालय ओली पक्षलाई जिम्मा – Nepal Press

महेश बस्नेतको उपस्थितिमा सिन्धुली पार्टी कार्यालय ओली पक्षलाई जिम्मा

काठमाडौं । नेकपा नेता महेश बस्नेतको उपस्थितिमा केपी ओली पक्षका कार्यकर्ताहरूले सिन्धुली जिल्ला पार्टी कार्यालयमा ताला लगाएका छन् ।

माडी–२ बजारमा भेला भएका युवा कार्यकर्ताहरूले ताला लगाएर साँचो ओली पक्षधरका पूर्व जिल्ला सचिव महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन् ।

विगतमा माओवादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीका हालका पार्टी अध्यक्ष प्रचण्ड–नेपाल पक्षका राजन दाहाल जिल्ला अध्यक्ष छन् । ‘यो कार्यालय ओलीले शिलान्यास गरेर पूर्व एमालेले ११ वर्ष अगाडि निर्माण गरेको हो । यसमा हाम्रै हक लाग्छ’ भेलामा सहभागी भएका वागमती प्रदेश सदस्य कौशल कोइरालाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर