आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य आएको प्रचण्ड पक्षको दाबी – Nepal Press

आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य आएको प्रचण्ड पक्षको दाबी

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भएको दाबी गरेको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको केन्द्रीय कमिटी बैठकमा ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० जना भन्दा बढी सदस्यले हस्ताक्षर गरेको प्रचण्ड पक्षको दाबी छ ।

प्रचण्डले बैठकलाई सम्बोधन गर्दै दुई तिहाइ कमिटी सदस्य आफ्नो पक्षमा रहेकाले बालुवाटारमा केपी ओली पक्षले गरेको बैठक अवैधानिक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर