नेपाल, खनाल र श्रेष्ठले फकाउन सकेनन् वामदेवलाई – Nepal Press

नेपाल, खनाल र श्रेष्ठले फकाउन सकेनन् वामदेवलाई

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गौतमनिवास भैंसेपाटी गएका छन् । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यको बैठक बस्नुअघि गौतमलाई फकाउन नेताहरु घरमै गएका हुन् ।

नेताहरुले गौतमलाई दिउँसो बबरमहलस्थित कार्की ब्यांकेटमा हुने बैठकमा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ । तर गौतमले आफू सहभागी नहुने बताएको बुझिएको छ ।

पार्टी फुट्नबाट जोगाउन लागिपरेका गौतमले यसअघि नै कुनै समूहको बैठक तथा भेलामा सहभागी नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर