ओली पक्षका युवाले गरे काभ्रेको पार्टी कार्यालय कब्जा – Nepal Press

ओली पक्षका युवाले गरे काभ्रेको पार्टी कार्यालय कब्जा

काठमाडौं । केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय कब्जा गरेका छन् ।

नेकपाका जिल्ला कमिटी सदस्य कञ्चन अधिकारीको नेतृत्वमा जिल्ला कमिटी सदस्य कुमार तिमल्सिना,विपिन लामा,जेनिस लामालगायतका नेता पार्टी कार्यालय कब्जा गर्न पुगेका थिए ।

उनीहरुसँग युवासंघका जिल्ला अध्यक्ष विक्रम चौलागाई,अनेरास्ववियूको जिल्ला अध्यक्ष उपेन्द्र लामालगायतका युवाहरु समेत गएर कार्यालय कब्जा गरेका हुन् ।

नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि युवाहरुले पार्टी कार्यालय कब्जा गरी ताला लगाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर