खुमलटारमा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक – Nepal Press
नेकपा विवाद

खुमलटारमा प्रचण्ड–माधव पक्षको सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक चलिरहँदा प्रचण्डले आफ्नो निवास खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यको बैठक बोलाएका छन् ।

केन्द्रीय कमिटीका बैठकका एजेण्डा टुंगो लगाउन र केपी ओलीमाथिको कारबाहीका लागि सचिवालय बैठक बोलाइएको प्रचण्डनिकट स्रोतले जनाएको छ । बैठकमा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी हुँदैछन् ।

नेकपाको नौ सदस्यीय सचिवालयमध्ये ओलीसहित ईश्वर पोखरेल र विष्णु पौडेल बालुवाटारको बैठकमा छन् । उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल दुवै पक्षका बैठकमा सहभागी भएका छैनन् ।

प्रचण्ड माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अपराह्न १ बजे कार्की पार्टी प्यालेस बबरमहलमा बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर