बालुवाटारमा केन्द्रीय सदस्यको सूची बन्दै, कारबाहीको निर्णय पहिले नै – Nepal Press
नेकपा विवाद

बालुवाटारमा केन्द्रीय सदस्यको सूची बन्दै, कारबाहीको निर्णय पहिले नै

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको पत्र निर्वाचन आयोगमा पठाउनुअघि नै ओली पक्षले प्रचण्डलगायतका नेताहरुलाई कारबाही गरिसकेको खुलासा भएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ थपिने केन्द्रीय सदस्यहरुको सूची तयार भइरहेकाले बिहान ९ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक बस्न ढिला भएको छ । केन्द्रीय कमिटीमा करीब ३०० नयाँ सदस्य थपेर आजै शपथग्रहण गराउन लागिएको स्रोतले जनाएको छ ।

नेकपाका एक नेताले भने– प्रचण्ड पक्षले ओलीमाथि कारबाही भनेर जुन हल्ला चलाएको छ, त्यसको कुनै अर्थ छैन । हामीले यसअघि नै गर्नुपर्ने निर्णय विधि प्रक्रिया पूरा गरेर सम्बन्धित ठाउँमा दिइसकेका छौं । पहिलो अध्यक्ष केपी ओलीले प्रमाणीकरण गरेको निर्णय नै आधिकारिक हुन्छ । मूल पार्टी हामी नै हौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर