ओलीलाई हटाएर माधवलाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको तयारी – Nepal Press

ओलीलाई हटाएर माधवलाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको तयारी

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने भएको छ ।

मंगलबारको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।

केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई हटाएको जानकारी निर्वाचन आयोगलाई दिने तयारी प्रचण्ड–माधव नेपाल पक्षको छ ।

ओलीलाई अध्यक्ष हटाएपछि उनको ठाउँमा पूर्व एमालेको तर्फबाट माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ ।

नेपाललाई मंगलबारकै बैठकबाट अध्यक्ष चयन गर्ने कि अर्को बैठकबाट भन्ने टुंगो लागि नसकेको एक नेताले बताए । पार्टी एकता बेलाको सहमति र विधान अनुसार नै दुई अध्यक्ष रहने र पूर्व एमाले तथा पूर्व माओवादीबाट एक एकजनाले अध्यक्षता गर्ने स्पिरिट अनुसार ओलीको ठाउँमा नेपाललाई अध्यक्ष घोषणा गरिने ती नेताले बताए ।

बरियतामा भने प्रचण्ड पहिलो नम्बरमा हुनेछन् । प्रचण्ड–माधव नेपाल पक्षले बुधवार संसदीय दलको बैठक पनि बोलाएको छ । सोही बैठकबाट ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरिने सांसद झपट रावलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर