प्रतिनिधिसभा विघटन प्रकरणः बार एशोसिएसन नै विभाजित – Nepal Press

प्रतिनिधिसभा विघटन प्रकरणः बार एशोसिएसन नै विभाजित

महासचिवको विज्ञप्ति बारको संस्थागत धारणा नभएको कोषाध्यषको दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन विभाजित भएको छ ।

बारका महासचिव लीलामणि पौडेलले सोमवार प्रेस विज्ञप्ति जारी गरी विघटन असंवैधानिक रहेको भन्दै प्रधानमन्त्रीको विरोध गरेलगत्तै कोषाध्यक्ष रुद्र पोखरेलले त्यसको खण्डन गरेका छन् ।

पोखरेलले अर्को विज्ञप्ति जारी गरी महासचिव पौडेलको धारणा बारको संस्थागत नभएर व्यक्तिगत मात्र रहेको बताएका छन् । उनले ताजा जनादेशको लागि भएको घोषणाका सम्बन्धमा अदालत समक्ष विचाराधीन भइसकेको विषयको पक्ष र विपक्षमा वक्तव्य जारी गर्ने कार्य बार एशोसिएसनले गर्न नहुने प्रष्ट पारेका छन् ।

उनले महासचिवको विज्ञप्तिसँग केन्द्रीय सचिवालय तथा केन्द्रीय कार्यसमितिको सहमति नरहेको भन्दै अदालतमा विचाराधीन रहेको विषयमा निष्पक्ष र तटस्थ ढंगले न्यायिक निरुपण हुने कुरामा कसैले पनि आवेगमा आउन नहुने बताएका छन् ।

महासचिव पौडेलले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताएका थिए । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्ध १२ वटा रिट दर्ता भएका छन् भने एउटा संवैधानिक इजलासमा पठाइएको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रचण्ड पक्षका हुन् भने महासचिव पौडेल कांग्रेसबाट निर्वाचित हुन् । कोषाध्यक्ष पोखरेल प्रधानमन्त्री ओली पक्षधर हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर