यस्तो छ प्रचण्ड–माधव नेपाल पक्षधर सांसद बैठकको प्रस्ताव – Nepal Press
नेकपा विवाद

यस्तो छ प्रचण्ड–माधव नेपाल पक्षधर सांसद बैठकको प्रस्ताव

संसद अधिवेशन अविलम्ब बोलाउन माग, तर कसले बोलाउने ?

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको बैठकले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै संसदको नियमित कार्य अघि बढ्नुपर्ने ठहर गरेको छ । बैठकले पारित गरेको प्रस्तावमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रको कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्ने उल्लेख छ ।

बैठकले संविधानबमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भई सकेकाले संसदको अधिवेशन अविलम्ब आह्वान गर्न माग गरेको छ । तर अधिवेशन कसले आह्वान गर्ने भन्नेबारे प्रस्तावमा केरमेट गरिएको छ ।

शुरुमा राष्ट्रपतिसमक्ष माग गर्ने निर्णय लेखेर पछि त्यसलाई केरमेट गरी अधिवेशन अविलम्ब आह्वान गर्न माग मात्र गरिएको छ ।

प्रस्तावमा भनिएको छ– प्रधानमन्त्रीको असंवैधानिक कदमको कारण देशमा उत्पन्न विषम स्थितिमा एकताबद्ध भई संविधान, लोकतन्त्र र कम्युनिस्ट पार्टीको भविष्यको रक्षा गर्न यो बैठक दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर