सानेपामा सर्वदलीय बैठक सुरु – Nepal Press

सानेपामा सर्वदलीय बैठक सुरु

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छलफलमा कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु सहभागि छन् ।

बैठकमा नेकपाको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वर्षमान पुन सहभागि छन् ।

जसपाबाट अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, जितेन्द्र सोनल लगातयका नेताहरु सहभागि छन् ।

प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका नेताहरुले सरकारविरुद्ध साझा रणनीति र आन्दोलनका कार्यक्रम बनाउने बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर