जनताले दिएको बहुमतको धज्जी उडाइयो: राप्रपा अध्यक्ष राणा – Nepal Press

जनताले दिएको बहुमतको धज्जी उडाइयो: राप्रपा अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए ।

उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए । अध्यक्ष राणाले प्रधानमन्त्री ओलीले गैर संवैधानिक कदम अगाडी बढाएर जनताले दिएको बहुमतको धज्जी उडाएको पनि बताए।

उनले भने, ‘‘गैर संवैधानिक, संविधानको कुनै दफाको प्रयोग नगरी, संविधान विपरित संसदको मर्म र भावना विपरित, जनताबाट प्राप्त बहुमतको धज्जी उडाएर संसद विघटनको प्रस्ताव गर्नुभयो ।’’

राप्रपाले यसअघि नै पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने निर्णय गरेको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचनको मिति घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले सो घोषणा गरेका थिए । उक्त कदमको चौतर्फी विरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर