प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रचण्ड–माधव पक्षको तयारी – Nepal Press

प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रचण्ड–माधव पक्षको तयारी

काठमाडौं । नेकपाका प्रचण्ड–माधव नेपाल पक्षधर सांसदहरुको बैठकले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै संसदको नियमित प्रक्रिया अघि बढाउनुपर्ने निर्णय गरेको छ ।

संसद भवनमै बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । आज कसैको अध्यक्षता विना बसेको बैठकलाई प्रचण्ड, झलनाथ खनाल र माधव नेपालले सम्बोधन गरेका थिए ।

अब बुधवार संसदीय दलको बैठक बस्ने विघटित प्रतिनिधिसभाका सदस्य झपट रावलले बताए । सोही बैठकले दलको नयाँ नेता चयन गर्ने उनले बताए ।

संसदीय दलमा ओलीले बहुमत गुमाइसकेकाले अब प्रचण्डलाई संसदीय दलको नेता चयन गरिने प्रचण्ड पक्षले जनाएको छ । प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर आइतवार संसद सचिवालयमा उक्त पक्षले अविश्वास प्रस्ताव समेत दर्ता गरेको थियो ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा दलको नेता चयन राजनीतिक विषय मात्र हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर