प्रचण्ड पक्ष निर्वाचन आयोगमा, ओलीलाई कारबाही गरिएको जानकारी – Nepal Press

प्रचण्ड पक्ष निर्वाचन आयोगमा, ओलीलाई कारबाही गरिएको जानकारी

काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको जानकारी प्रचण्ड–माधव नेपाल पक्षले निर्वाचन आयोगलाई गराएको छ ।

केन्द्रीय कमिटी बैठक बसेर अध्यक्षबाट हटाउने तयारी भइरहेका बेला प्रचण्ड पक्षले निर्वाचन आयोगलाई कारबाहीको जानकारी गराएको हो । नेकपाका नेताहरु आयोगमै गएर कारबाहीको पत्र बुझाएको आयोगका एक पदाधिकारीले बताए ।

ओलीले प्रचण्डले आफूलाई कारबाही गर्ने कुरा हास्यास्पद रहेको भन्दै आफूले हस्ताक्षर नगरेको कुनै निर्णयले वैधता नपाउने बताइसकेका छन् । प्रचण्डले आजै विज्ञप्ति जारी गरी ओलीलाई अनुशासनको कारबाही गर्न स्पष्टीकरण सोधिएको बताएका थिए ।

निर्वाचन आयोगबाट फर्किंदै गरेका नेकपा नेता लीलामणि पोखरेलले आइतबारको स्थायी कमिटीले गरेको निर्णय आयोगलाई लिखित रुपमा जानकारी गराइएको बताए । उनले नेपाल प्रेससँग भने–हिजो स्थायी कमिटी बैठकले केपी ओलीलाई अनुशासनको कारबाही गर्न स्पष्टीकरण सोधेको थियो । त्यही निर्णय निर्वाचन आयोगलाई जानकारी गराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर