प्रचण्डको साथ छाड्नुको कारण खुलाउँदै लेखराजले भने–सत्तालिप्सा देखियो – Nepal Press

प्रचण्डको साथ छाड्नुको कारण खुलाउँदै लेखराजले भने–सत्तालिप्सा देखियो

काठमाडौं । उद्योग मन्त्री लेखराज भट्टले प्रचण्डमा सत्तालिप्सा देखिएको र सहमति विपरित जान लागेकाले आफूले साथ छाड्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेकपा स्थायाी कमिटी सदस्य समेत रहेका भट्टले दुई अध्यक्षबीचको सहमतिबाट पार्टी चल्नुपर्नेमा प्रचण्डले अन्तै समीकरण बनाएर सत्तालिप्सा देखाएको बताए ।

नेकपाका एक सांसदका अनुसार भट्टले प्रधानमन्त्रीविरुद्ध लिखित आरोपपत्र दर्ता गरेर प्रचण्डले नेकपा विभाजनको बीजारोपण गरेको बताए ।

इतिहासकै राम्रो सरकारलाई असफल पार्न र ढाल्न प्रचण्ड लागेपछि उनको साथ छाडेको भट्टको दावी थियो । पूर्व माओवादी खेमाका नेता भट्ट पछिल्लो समय केपी ओलीतिर छन् । सोमवारको बैठकमा ओली र भट्टले मात्र सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर