माइतीघरमा प्रधानमन्त्री विरुद्ध प्रदर्शन, विप्लवका कार्यकर्ता पक्राउ (भिडियो सहित) – Nepal Press

माइतीघरमा प्रधानमन्त्री विरुद्ध प्रदर्शन, विप्लवका कार्यकर्ता पक्राउ (भिडियो सहित)

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध माइतीघर मण्डलमा विभिन्न समूहका प्रदर्शन भइरहेका बेला प्रहरीले विप्लव माओवादीका एकजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रदर्शन चलिरहेका बेला नजिकैको चिया पसलमा पसेका शंकास्पद व्यक्ति पक्राउ गरेर सोधपुछ गर्दा उनी विप्लव समूहको कार्यकर्ता रहेको पत्ता लागेको थियो ।

उनलाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले नेपाल प्रेसलाई बताए ।

उनले शान्तिपूर्ण प्रदर्शनहरुमा घुसेर हिंसा मच्चाउन खोजेको आशंका गरिएको छ । उषाकिरण उपनामका ती कार्यकर्ता त्रिचन्द्र क्याम्पसको विद्यार्थी संगठनका पूर्व अध्यक्ष हुन् । हाल संगठनको केन्द्रीय नेतृत्वमा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर