कांग्रेसले डाक्यो सर्वदलीय बैठक, नेकपाको प्रचण्ड पक्षलाई पनि निम्तो – Nepal Press

कांग्रेसले डाक्यो सर्वदलीय बैठक, नेकपाको प्रचण्ड पक्षलाई पनि निम्तो

काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ ।

अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्ष सहितका दलहरु सहभागी हुने भएका छन् ।

आइतवार साँझ पनि सिंहदरवारमा कांग्रेस,जनता समाजवादी पार्टी र प्रचण्ड माधव नेपाल पक्षधर नेकपा नेताहरुको बैठक बसेको थियो ।

उनीहरुले संसद विघटनको राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेका छन् । थप रणनीति बनाउन सर्वदलीय बैठक बोलाइएको कांग्रेसले

जनाएको छ । बैठकमा नेकपालाई संस्थागत रुपमा बोलाइएको भन्दा पनि प्रचण्ड पक्षलाई निम्ता दिइएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर