प्रधानमन्त्रीको कदम स्वाभाविक : शंकर पोखरेल – Nepal Press

प्रधानमन्त्रीको कदम स्वाभाविक : शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको कदम स्वाभाविक र लोकतान्त्रिक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता पोखरेलले प्रधानमन्त्री ओलीले आफूमाथिको अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्न असफल भएपछि बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

‘पार्टी एकताको मर्म विपरीतको समीकरण,पार्टी विधानको व्यवस्था विपरीत पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो,’ प्रम ओलीको समर्थन गर्दै नेता पोखरेलले लेखेका छन् ।

पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वाभाविक मानिने नेता पोखरेलको तर्क छ । ‘चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको बाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरूलाई फाइदा पुर्‍याउन सक्छ । गम्भीर र जिम्मेवार बनौं,’ पोखरेलले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर