नेकपा विभाजनको तयारी– वामदेव कता ? – Nepal Press

नेकपा विभाजनको तयारी– वामदेव कता ?

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनपछि दुईपटक प्रतिक्रिया दिए । पहिलो प्रतिक्रिया समर्थन र विरोध दुवै नरहेको थियो । त्यसको केही घण्टापछि नै उनको अर्को वक्तव्य आयो, जसमा प्रधानमन्त्रीको कदमको विरोध गरिएको छ ।

प्रधानमन्त्रीको कदमको विरोध गरे पनि गौतम प्रचण्डको अध्यक्षतामा बसेको प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा भने सहभागी भएनन् । गौतम सहभागी नभए पनि निर्णयमा समर्थन रहेको दावी स्थायी कमिटी सदस्य बेदुराम भुसालको छ ।

गौतमको अनुपस्थिति मात्र होइन, प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा गौतमपत्नी तुलसी थापाको हस्ताक्षर छैन । उनलाई हस्ताक्षर गर्न आग्रह गरिए पनि गौतमले रोकेको र गौतम निकटका अन्य केही सांसदले पनि हस्ताक्षर नगरेको बताइएको छ ।

यसले गौतम अझै पनि नेकपा विभाजनको चरणमा कता लाग्छन् भन्ने प्रश्न खडा गरेको छ । गौतमले पार्टी फुट्न नदिन अन्तिमसम्म प्रयत्न गरिरहेका थिए ।

प्रधानमन्त्री ओलीसँग गौतमले आइतबार बिहान पनि कुरा गरेका थिए । उनलाई ओलीले आफूपछि प्रधानमन्त्री बनाउने प्रस्ताव यसअघिको स्थायी कमिटी बैठकमै राखेका थिए ।

गौतम दुवै पक्षका बैठकमा सहभागी नहुनुलाई पार्टी विभाजनमा उनी कता लाग्छन् ? भन्ने कोणबाट पनि हेरिएको छ । यद्यपि उनी अन्तमा प्रचण्ड–माधव पक्षमै रहने त्यस पक्षका नेताहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर