विपक्षी दलहरुसँग प्रचण्ड–माधव पक्षको बैठक, प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको ठहर – Nepal Press

विपक्षी दलहरुसँग प्रचण्ड–माधव पक्षको बैठक, प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको ठहर

काठमाडौं–संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विपक्षी दलहरुसँग पनि छलफल गरेको छ।

आइतबार अबेरतिर प्रमुख विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुसँग उनीहरुले नेकपा संसदीय दलको कार्यालयमा छलफल गरेका हुन् ।

जसपा नेता बाबुराम भट्टराईका अनुसार बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गरेको उल्लेख गरेका छन्।

यसविरुद्ध मिलेर संघर्ष गर्ने समझदारी पनि भएको उनको भनाइ छ।

‘जसपा, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरू नेपाली कांग्रेस संसदीय दलको अफिसमा बसियो’ भट्टराईले बैठकपछि लेखेका छन्, ‘प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश रहेको ठहर गरियो।

यसका विरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो। यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर