नेकपाका कार्यकर्ताद्वारा माइतीघरमण्डलमा प्रदर्शन (भिडियो) – Nepal Press

नेकपाका कार्यकर्ताद्वारा माइतीघरमण्डलमा प्रदर्शन (भिडियो)

काठमाडौं । सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरूले आइतबार दिउँसो काठमाडौंको माइतीघरमण्डलमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘गैर–संवैधानिक कदम खारेज गर’, ‘संसद विघटन जनमतको धोका हो’, ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *