प्रचण्ड–माधव बालुवाटारबाट हिंडेपछि घनश्याम र योगेश प्रधानमन्त्रीसँग छलफलमा – Nepal Press

प्रचण्ड–माधव बालुवाटारबाट हिंडेपछि घनश्याम र योगेश प्रधानमन्त्रीसँग छलफलमा

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएर प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका नेकपा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्रीसँग छलफलमा जुटेका छन् ।

अरु नेताहरु बैठक सकेर बालुवाटारबाट बाहिरिएपछि भुसाल र भट्टराई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका हुन् । उनीहरु अन्तिमसम्म पनि दुई अध्यक्षलाई मिलाउन प्रयासरत थिए ।

आजको प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिएनन् । तर गौतमको समर्थन रहेको बेदुराम भुसालले बताए । प्रचण्ड माधव नेपाल पक्षको बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी भने प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ