संसद विघटन राजनीतिक ‘कु’: वैज्ञानिक समाजवादी पार्टी – Nepal Press

संसद विघटन राजनीतिक ‘कु’: वैज्ञानिक समाजवादी पार्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक ‘कु’ को रिहर्सल गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले जनाएको छ ।

पार्टीका संयोजक आहुतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटनको सिफारिश गर्नु र राष्ट्रपतिले तुरुन्तै प्रतिनिधिसभा विघटन गर्नु एक प्रकारको राजनीतिक ‘कु’को रिहर्सल, प्रतिगामी कदम हो ।’

यस घटनाबाट संविधान, नियम र मान्यताहरू देखाउने दाँत मात्र भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको यस कदमको भर्त्सना गर्दै यसविरुद्ध संघर्षमा उत्रिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर