प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्दै ओलीविरुद्ध दर्ता भएको थियो अविश्वास प्रस्ताव – Nepal Press

प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्दै ओलीविरुद्ध दर्ता भएको थियो अविश्वास प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिश गर्नुअघि नै प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको खुलेको छ ।

९० जना सांसदको हस्ताक्षरसहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारीपछि प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर