प्रचण्ड–माधव पक्षका सात मन्त्रीको राजीनामा, बादल र लेखराजले दिएनन् – Nepal Press

प्रचण्ड–माधव पक्षका सात मन्त्रीको राजीनामा, बादल र लेखराजले दिएनन्

काठमाडौं । संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रचण्ड र माधव नेपाल पक्षका सातजना मन्त्रीले सामूहिक
राजीनामा  घोषणा गरेका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन गरी कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र खानेपानी मन्त्री विना मगरले राजीनामा दिएका हुन् ।

पूर्व माओवादीबाटै मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने
राजीनामा दिएनन् ।

मन्त्रीहरुका तर्फबाट सामूहिक राजीनामा पत्र पढ्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति गम्भीर असहमति भएको जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर