सुरक्षा परिषद् बैठक बस्दै, राजधानीमा ‘हाई अलर्ट’ – Nepal Press

सुरक्षा परिषद् बैठक बस्दै, राजधानीमा ‘हाई अलर्ट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । संसद विघटनपछिको परिस्थिति विश्लेषण गर्न परिषद् बैठक बोलाइएको स्रोतले जनाएको छ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उच्च सैनिक अधिकारीहरुको पिएसओज बैठक राखेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै युनिटलाई ‘हाई अलर्ट ’मा रहन निर्देशन जारी गगरेको छ ।

राष्ट्रपतिले संसद भंगको सिफारिस सदर गरेसँगै राजधानी उपत्यकामा प्रहरी परिचालन तीव्र पारिएको छ ।

अहिले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सुरक्षा कडा पारिएको छ । त्यहाँको बाहिरी भागको चारैतिर नेपाल प्रहरी र सशस्त्रको घेरा हालेर सुरक्षा दिइरहेको छ । निषेधित क्षेत्रमा प्रदर्शन हुन नदिन विषेश सुरक्षा व्यवस्था अपनाइएको छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार जनजीवन सहज बनाउने र अराजकता उत्पन्न नहोस् भन्नका लागि प्रहरी परिचालन तीव्र पारिएको हो ।

अहिले निषेधित क्षेत्रमा ११ वटा प्रहरी वृत्तबाट ईन्चार्जसहित ३०–३० का दरले प्रहरी खटिएका छन् । बृत्तमा एकजना इन्स्पेक्टर राखेर सबै अफिसरलाई ड्युटीमा हालिएको छ ।

प्रहरी गण र २ नम्बर गणबाट सयका दरले प्रहरीलाई राजधानीका विभिन्न स्थानमा तैनाथ गरिएको छ । प्रहरीलाई निषेधित क्षेत्र तोडेमा गोली हान्नेसम्मको आदेश प्राप्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर