संसद विघटन सिफारिशलगत्तै जंगी अड्डामा प्रधानसेनापतिले गरे छलफल – Nepal Press

संसद विघटन सिफारिशलगत्तै जंगी अड्डामा प्रधानसेनापतिले गरे छलफल

काठमाडौं । मन्त्रिपरिषद बैठकले संसद विघटनको सिफारिशपछि उत्पन्न असामान्य अवस्थाको बारेमा नेपाली सेनाको पिएसओज बैठकमा छलफल भएको छ ।

आज बसेको बैठकमा पछिल्लो परिस्थितिको बारेमा विश्लेषण र आकलन गरिएको हो । प्रधान सेनापति पूर्णचन्द्र थापाले आजै सबै प्रदेशका पृतनापतिहरुसँग पनि छलफल गर्ने सम्भावना रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

नेपाली सेनाको चासो सुरक्षा परिस्थितिसँग मात्र रहेकाले संवैधानिक र राजनीतिक विषयमा सेना निरपेक्ष रहने बताए । उनले भने–सेनाले चासोका साथ परिस्थितिलाई हेर्नु स्वाभाविक हो ।

त्यसबाट सुरक्षामा पर्न सक्ने प्रभाव विश्लेषण गर्ने प्रमुख दायित्व पनि सेनाको हो । आज पनि हाम्रो बैठकमा यिनै विषयमा छलफल भए ।

प्रवक्ता पौडेलले सुरक्षाका लागि सेना सधैं सतर्क अवस्थामै रहेको र आवश्यकता पर्दा निजामती प्रशासनलाई सघाउने बताए । कोभिडकै बेला पनि विभिन्न जिल्लामा सेना परिचालन भएको भन्दै उनले पछिल्लो अवस्था कसरी विकास हुन्छ त्यही अनुसार सुरक्षाको रणनीति र तयारी हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर