युवा संघ प्रमुख दीपशिखाको निर्देशनः प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलनमा उत्रनुस् – Nepal Press

युवा संघ प्रमुख दीपशिखाको निर्देशनः प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलनमा उत्रनुस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन युवा संघ संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसविरुद्ध आन्दोलनमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै उनले आन्दोलनमा उत्रन निर्देशन दिएका हुन् । आज दिउँसो ३ बजे माइतघरमा प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्ने जानकारी दिँदै उनले सबै जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई उपस्थित हुन आग्रह गरेका छन् ।

नेकपाको अर्को भातृ संगठन अनेरास्ववियुका संयोजक ऐन महरले भने सरकारविरुद्ध हुने प्रदर्शनमा सहभागी नहुन आग्रह गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *