सुदूरपश्चिमका सभामुख थापालाई कोरोना संक्रमण – Nepal Press

सुदूरपश्चिमका सभामुख थापालाई कोरोना संक्रमण

रासस । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

सामान्य स्वास्थ्य समस्या देखिएपछि शनिबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव कविन्द्र रोकायले जानकारी दिए ।
ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर