विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण – Nepal Press

विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत एक गैरसरकारी संस्थाले विपन्न समुदायका बालबालिकाहरूलाई ब्ल्याङ्केट वितरण गरेको छ ।

बाल बिकास कार्यक्रम नेपाल नामक संस्थाले प्रति ब्ल्याङ्केट २ जना बालबालिका लाभान्वित हुने गरी कैलाश गाउँपालिकाका ४ ओटा वडामा ४२५ थान ब्ल्याङ्केट वितरण गरिएको हो ।
विगत ३ वर्षदेखि गाउँपालिकासँग समन्वय गर्दै शिक्षा, स्वास्थ्य, सरसफाई तथा खानेपानी क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा ब्ल्याङ्केट वितरण गरेको थियो ।

कैलाश गाउँपालिका वडा नं ३, ४, ९ र १० का बासिन्दाका लागि ब्ल्याङ्केट वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले सरकारको प्राथमिकतामा विपन्न वर्गका मानिसहरूको जीवनस्तर सुधार र दैनिक जीवन सहजीकरण गर्ने हुनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर