बीबीसी मास्टरसेफमा दोस्रा भए सन्तोष – Nepal Press

बीबीसी मास्टरसेफमा दोस्रा भए सन्तोष

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल सिरिज–२०२० मा नेपाली सेफ सन्तोष साह दोस्रा भएका छन् ।

गएराति बीबीसी वानमा प्रशारित फाइनलमा नेपालका सन्तोष र नेदरल्यान्ड्सका बार्ट भान डर लीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जितेका हुन् ।

प्रतियोगिताभर हरेक चरणमा नेपाली खानालाई उत्कृष्ट ढंगले पस्किएका सन्तोषलाई निर्णायकले निकै मन पराएका थिए । उनले कोदोको खीर, नेपाली गुन्द्रुक, भट्टमास लगायतका खानेकुरालाई आकर्षक रुपमा प्रस्तुत गरेका थिए ।

सिरहाका सन्तोषले उपविजेता बनेपछि आफ्नो बालककालको तस्बिर पोष्ट गर्दै सामाजिक सन्जालमा लेखेका छन्, ‘मैले सधैं नेपाली खानको सुन्दरता विश्वसामू प्रस्तुत गर्ने सपना देखेको थिएँ । यस अवस्थामा पुग्नका लागि एउटा लामो र शानदार यात्रा रह्यो । नेपालमा हुर्किएको एउटा केटा भारतको यात्रा गर्दै खान बनाउन सिक्नु र अन्तिममा मेरो बाटो लन्डनतिर सोझियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर