उखु किसानको आन्दोलनको समर्थनमा सडक नाटक – Nepal Press

उखु किसानको आन्दोलनको समर्थनमा सडक नाटक

विजय गजमेर २०७७ पुष २ गते १७:३४
२०७७ पुष २ गते १७:३४

उखु किसानहरुको समर्थनमा कलाकारहरुले बिहीबार सडक नाटक प्रस्तुत गरेका छन् । नाटकमा किसानको ऋण, मल तथा उखुको बक्यौता नपाएको विषयलाई प्रस्तुत गरीएको थियो ।
नेपाल सरकारले तोकेबमोजिमको मूल्य र उद्योगीले दिनुपर्ने बक्यौता रकम नपाएका सर्लाहिका उखु किसानहरु विगत ५ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् । नाटक काठमाडौंको माइतीघरमा प्रस्तुत गरीएको थियो ।