दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै – Nepal Press

दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै

काठमाडौं । दुई अध्यक्षबीच अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन सहितको हस्ताक्षर फिर्ता लिने सहमति भए पनि नेकपाका केही नेता भने राष्ट्रपति भवन शीतल निवासमै छन् ।

संसदको विशेष अधिवेशन माग गर्दै ८३ जना सांसदको हस्ताक्षर लिएर भीम रावल र पम्फा भुसाल लगायतका नेता अपराह्न शीतलनिवास पुगेका थिए । तर राष्ट्रपति कार्यालयका सचिव विदामा रहेकाले निवेदन दर्ता भएको थिएन ।

दुई अध्यक्ष सहमत भएर स्थायी कमिटी बैठक अघि बढेपनि रावल र भुसाल भने निवेदन लिएर शीतल निवासमै बसेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर