जि-मेल र युट्युबमा देखिएको समस्या हल – Nepal Press

जि-मेल र युट्युबमा देखिएको समस्या हल

काठमाडौं । गुगलका जि-मेल, ड्राइभ, म्याप्स र युट्युब सुविधाहरू सोमबार साँझ विश्वभर डाउन भएका थिए । यो खबर तयार पार्दासम्म जि-मेल र युट्युब पुरानै अवस्थामा फर्किएका छन् अर्थात् देखिएको समस्या हल भएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सर्भिसहरू डाउन भएका थिए । समस्यामा परेका प्रयोगकर्ताहरू सामाजिक सञ्जालमा खनिएका थिए ।

तर, त्यसको दुई घण्टा नबित्दै गुगलले प्रमुख दुई सुविधा जि-मेल र युट्युबको समस्या हल गरेको छ । प्रयोगकर्ताले जि-मेल खोल्दा इरर देखाएको थियो ।

युट्युबको वेबसाइटमा भने एक बाँदरले ह्यामर बोकेको फोटो र ‘सम थिङ वेन्ट रङ’ देखिएको थियो ।

प्रतिक्रिया

One thought on “जि-मेल र युट्युबमा देखिएको समस्या हल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर