डीआर दाइलाई पाँचौँ श्रद्धाञ्जलीसँगै कहिल्यै नमेटिने किस्साहरू
२०७६ जेठ ३१ गते आदरणीय धनीराम पौडेल (डीआर दाइ)को अकल्पनीय निधन भयो। उनी हाम्रा आदर्श अग्रज हुन्। लामो राजनीतिक, व्यवसायीक(पत्रकारिता) र पारिवारिक घनिष्ठताका कारण हामी औपचारिकता पूरा गर्ने सम्बन्धमा मात्रै भएनौ।
गिरिदाइ(गिरिराजमणि पोखरेल) नेतृत्वको एक सशक्त वैचारिक पत्रिका जनएकता साप्ताहिकमा राजनीतिक व्यस्तताका कारणले उनले समय दिन नसक्ने भएपछिको परिवेश डीआरदाइसँग हाम्रा औपचारिक–अनौपचारिक आदानप्रदान–क्रियाशीलताका आधार बने।
निनु चापागाईं, घनश्याम शर्मा पौड्याल, आहुति, स्व.पद्म खड्का, स्व.गोविन्द वर्तमान जस्ताको सम्पादकीय र बौद्धिक नेतृत्व पाए पनि उहाँहरूको अन्य राजनीतिक र पेशागत जिम्मेवारीका कारण पार्टी ’हाइकमाण्ड’(तत्कालीन नेकपा एकताकेन्द्र)ले जनएकतामा पूर्णकालीन वैचारिक नेतृत्व हुनु आवश्यक ठानेको थियो।
जनएकतालाई पार्टीको स्वाभाविक ’ट्याग’ लाग्ने बुझेर नै त्यसका आन्तरिक सम्पादक, व्यवसायीक एवम् वैचारिक पत्रकारिताका कुशल अगुवा पूर्ण बस्नेतले नै पार्टीसँग यस आवश्यकताको आग्रह बारम्बार गरेका थिए। उनी पत्रकारिता बुझ्नसक्ने एक कोही सहृदयी पार्टी–राजनीतिक व्यक्तित्वको नेतृत्व जनएकतामा चाहन्थे। खासमा डीआरदाइको नाम नै किटेर उनले त्यस्तो आग्रह गरेका थिए।
यसरी त्यो बेला पार्टीको पूर्वी पहाडी कमाण्डको जिम्मेवारीमा रहेका डीआरदाइ जनएकता जिम्मेवारीमा आएका थिए। बस्नेतजीको व्यवसायीक शिल्प र डीआरदाइको वैचारिकताले, अनि हामीहरू सहितको कृयाशीलताले जनएकता एउटा पूर्ण जनपक्षीय पत्रकारिता संस्था बनेको थियो।
व्यवसायीक पत्रकारिताकै लागि जन्मिएका बस्नेतजी पत्रकारितामा नयाँ–नयाँ मानक खोज्दथे। त्यसैले उनी जनपक्षीय विकासको पैरवी गर्ने शरददाइ(शरद पौडेल) नेतृत्वको आत्मनिर्भर विकास मञ्च प्रकाशित ’विकास पत्रिका’, तत्कालीन पत्रकारितामा वैकल्पिक मुद्दा उठाउने ’हिमाल खबर पत्रिका’ र ’मार्टिन चौतारी’का जर्नलहरूमा अनुबन्धित भए। उनले जनएकतातिरको समय घटाए।
त्यो माओवादी जनयुद्धको प्रकाशकाबीच उथलपुथलकारी राजनीतिक परिघटनाहरू भैरहेको समय थियो। यसचरण महेशदाइ(डा. महेश मास्के) अमेरिकामा अध्ययन सकेर नेपाल आइसकेका थिए। मेरीदिदी(समाजशास्त्री डा. मेरी डेशेन) पनि अलि लामै समय बस्नेगरी नेपाल आएकी थिइन्।
उनीहरू सहितको बौद्धिक, वैचारिक एवम् सम्पादकीय योगदान जनएकतामा थियो। डीआरदाइको नेतृत्व निर्भिकताले हामीलाई उथलपुथलकारी राजनीतिका कुनैपनि परिघटना केलाउने र जनपक्षीय द्वन्द्वदृष्टि दिने दायित्वबाट कहिल्यै विमुख गराएन।
एकाधलाई छाडेर एमाले र कांग्रेसका मुखपत्र जस्तैगरी निस्कने कयौँ साप्ताहिक पत्रिका र तथाकथित व्यवसायीक भनिने सबैजसो दैनिक पत्रिकाले राजदरबार हत्याकाण्ड (०५८ जेठ १९) बारे राजदरबार सचिवालयको औपचारिक सूचनामा आफ्नो पत्रकारिता दायित्वलाई परित्याग गरे।
राजदरबार हत्याकाण्ड ज्ञानेन्द्र शाह स्वयंको शक्तिमा आउने राजनीतिक ’डिजाइन’ हो र यसले देशलाई सकारात्मक वा नकारात्मक रूपमा दीर्घकालीन प्रभाव पार्छ भन्ने वैचारिक–प्रामाणिक चेत हामीले डीआरदाइ र उनको स्रोतबाटै पाएका हौँ।
हामीले त्यस्ता प्रायोजित औपचारिकतालाई खारेज गरेनौँ मात्र राजा वीरेन्द्र परिवारको मात्रै वंश सखाप हुने, ज्ञानेन्द्र परिवारलाई घुनपुत्ली नलाग्ने त्यो काण्ड ज्ञानेन्द्र ’डिजाइन’मा भएको खुल्ला र प्रामाणिक उद्घोष गर्यौँ। राजदरबार हत्याकाण्ड ज्ञानेन्द्र शाह स्वयंको शक्तिमा आउने राजनीतिक ’डिजाइन’ हो र यसले देशलाई सकारात्मक वा नकारात्मक रूपमा दीर्घकालीन प्रभाव पार्छ भन्ने वैचारिक–प्रामाणिक चेत हामीले डीआरदाइ र उनको स्रोतबाटै पाएका हौं।
ज्ञानेन्द्र राजा भएपछि उनको शक्ति अभ्यास दिन दुईगुना रात चौगुनाको रफ्तारमा बढ्यो। ’नयाँ कोतपर्वलाई मान्यता दिइनुहुन्न’ भन्दै एकातिर माओवादीले जनमुक्तिका ठुल्ठुला सफल–असफल फौजी आक्रमण गर्यो भने अर्कोतिर ०५९ असौज १८ र ०६१ माघ १९ का ज्ञानेन्द्र सत्ता थोपरिए।
०४७ सालको परिवर्तनको खोल ओढेको संविधानलाई राजाले आफ्नै वंश सखाप गरिकन च्यातच्युत पार्दासम्म एमाले–कांग्रेसलाई के लागेको थियो भने राजाले बाध्यतापूर्वक हामीलाई नै सत्ता दिन्छन्। यही भ्रमलाई सफाचट गर्न माओवादी र एमाले–कांग्रेसबीच एक कम्युनिष्ट क्रान्तिकारी धारा मध्यस्तमा सक्रिय थियो। र, डीआरदाइ नेतृत्वको जनएकताले सयौँ निरंकुश दमनलाई समन गरेर त्यस बिचारलाई भूमिगत–सार्वजनिक वकालत गरेको थियो।
नेकपा एकता केन्द्र, नेकपा एकता केन्द्र–मसाल बनिसकेको थियो। माओवादी जनयुद्धका कारण र आधारलाई सम्मानजनक निष्कर्षमा पुर्याएर कम्युनिष्ट आन्दोलनको मुलधार बन्ने त्यसको एकता लक्ष्य थियो। व्यक्तिगत रूपमा डीआरदाइले त्यस एकताको वैचारिक आधारमा हामीबीच धेरै संशय गरेपनि कम्युनिष्ट आन्दोलनको ध्रुवीकरणका लागि त्यसलाई उत्कृष्ट प्रचार महत्त्व नै दिए।
जब माओवादी जनयुद्धको निकास र राजाको ’कु’विरुद्ध आन्दोलन गर्ने कार्यनीतिक नारामा समेत त्यस पार्टीका महामन्त्री मोहनविक्रम सिंह नकारात्मक भए, डीआरदाइले जनएकतामार्फत त्यस प्रवृत्तिको सार्वजनिक धज्जी उडाए।
एकीकृत पार्टीका महामन्त्री सिंह र सहमहामन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’बीच यस्तो तिक्त सम्बन्ध भयो कि राजा ज्ञानेन्द्रका गृहमन्त्री कमल थापाले ’अमिक शेरचन, लीलामणि पोखरेल, नवराज सुवेदी नेतृत्वको जनमोर्चा, नेपालको आवरणमा सात दलको आन्दोलनमा माओवादीले घुसपैठ गरेको छ, ती जनमोर्चालाई छानिछानी समात्नु’ भनेर सर्कुलर गर्दा समेत सिंहले ‘हो! त्यही हो!’ भनिदिए, वक्तव्य नै जारी गरेर।
जब माओवादी जनयुद्धको निकास र राजाको ’कु’विरुद्ध आन्दोलन गर्ने कार्यनीतिक नारामा समेत त्यस पार्टीका महामन्त्री मोहनविक्रम सिंह नकारात्मक भए, डीआरदाइले जनएकतामार्फत त्यस प्रवृत्तिको सार्वजनिक धज्जी उडाए।
ऐतिहासिक राजनीतिक परिवर्तनको आधारविन्दु १२ बुँदे सम्झौताका लागि माओवादी र एमाले–कांग्रेस सहितका नेताहरू दिल्लीमा पुग्दा हाम्रो पार्टीको सहमहामन्त्री पनि त्यहीँ छ भनेर सार्वजनिक सूचित गर्ने कामसमेत सिंहले गरे। सिंहले त्यस्तो वक्तव्य सार्वजनिक गर्दै गर्दा प्रकाश भने शीर्षस्थ माओवादी नेता सरह नै ‘भेट्यो कि मार्ने’ शाही प्रशासनको वान्टेड सूचीमा थिए।
‘आजको राजनीतिक समस्याको समाधान प्रतिगमनको अन्त्य कि संविधानसभाको निर्वाचन?’ भन्ने पार्टीको त्यो अन्तर्विरोधमा महामन्त्री सिंहको भूमिका राजा ज्ञानेन्द्रका लागि रक्षा कवच जस्तै थियो। त्यसैले अन्तर पार्टी वैचारिकतामा सहमहामन्त्री प्रकाश पक्ष बहुमतमा थियो। र, औपचारिकतामा एउटै पार्टी भएर पनि पुरानो मसाल बिचार छाडेर विशाल पंक्ति पुरानो एकताकेन्द्र बिचारतिर समाहित भएको थियो।
पुरानो मसालको हाँक साप्ताहिकमा सम्पादकीय हैसियत राख्ने कमल गिरी समेत हामी (जनएकता)सँग समाहित भएका थिए। सिंहको त्यस प्रवृत्तिको आन्तरिक आंकलन भने डीआरदाइले पार्टी एकताकै बेला गरिसकेका थिए। त्यो ‘क्लाइमेक्स’मा तत्कालीन शाही सेनाले जनएकता प्रकाशन गर्न नदिएपछि, डीआरदाइसमेत भूमिगत हुनुपरेपछि र एनके दाहाल, जनार्दन पोखरेल, यकिना अगाध, भोगीराज चाम्लिङ, प्रकाश राई, रोशन सुब्बा जस्ता साथीहरू तितरबितर हुन वाध्य भएपछि साथी प्रजय शुक्ल(हाल बेलायत) र मैंले पार्टी नेतृत्वको तथा उन(डीआर)को समेत लेखन–योगदान र डा. मास्के, डा. डेशेन र डा. शरद वन्तको समन्वयमा अनि सुरेन्द्र चालिसे, बासुदेव श्रेष्ठसहितको अमूल्य प्राविधिक सहयोगमा भूमिगत रूपमै ‘जनसन्देश’साप्ताहिक चलाएका थियौँ। यद्यपि ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन सफलतापछि केही पुराना, केही नयाँ साथीहरूसहित हामीले जनएकतालाई उही ‘फर्म’मा ल्यायौँ।
पत्रकारिताको एउटा राजनीतिक ‘मिसन’ सम्पन्न भएको बुझेर होला जनआन्दोलनको सफलतापछि भने डीआर दाइ पूर्ण राजनीतिक यात्रामै हेलिए। र, जनएकताका लागि पार्टीले ममाथि सम्पादकीय अनि श्याम दाइ(श्याम खड्का)माथि व्यवस्थापकीय नेतृत्व भर गर्यो। खुला राजनीतिमा, माओवादीसँगको पार्टी एकतापछि पत्रकारिताका दायराहरू पनि फरक भए।
१२ बुँदे सम्झौताका लागि माओवादी र एमाले–कांग्रेस सहितका नेताहरू दिल्लीमा पुग्दा हाम्रो पार्टीको सहमहामन्त्री पनि त्यहीँ छ भनेर सार्वजनिक सूचित गर्ने कामसमेत सिंहले गरे। सिंहले त्यस्तो वक्तव्य सार्वजनिक गर्दै गर्दा प्रकाश भने शीर्षस्थ माओवादी नेता सरह नै ‘भेट्यो कि मार्ने’ शाही प्रशासनको वान्टेड सूचीमा थिए।
पार्टीका र जनएकताका नेतृत्वहरू सरकारमा मन्त्री भए। पार्टी मूल नेतृत्व त बिचार निर्माण गर्ने जनएकता जस्तो जनपत्रकारिता अभियान जोगाउने अभिष्टमै थियो। अमिक शेरचन, लीलामणि पोखरेल जस्ता नेतृत्वले कुनै व्यक्तिगत ‘क्रेडिट’ नहेरी जनएकतालाई भरथेग गरेका थिए। तर हरि गोविन्द लुइँटेल जत्तिका आदर्श वैचारिक–व्यवहारिक व्यक्तित्वको प्रधान सम्पादकत्वमा र मूल्याङ्कन प्रकाशन गृह जस्तो वैकल्पिक–व्यावसायिक छातामा जाँदा पनि जनएकता जोगिएन।
डीआर दाइमा यस सन्दर्भको गहिरो रोष थियो। मलाई भन्थे कि “जनएकता किन चलाउन नसकेको?“ तर यस्को उत्तर मसँग पनि थिएन। राज्यले जनएकता चल्न नदिँदा जनसन्देश चलाएको गर्व कति उच्च थियो। बजार त वैचारिक मिडियाप्रति कहिल्यै उदार थिएन तर हाम्रै भनिएका सरकारी निकायले र कतिपय अगुवाले बाटो बिराएको देखेर नै सायद हामीमा ऊर्जा आएन कि! बन्दको बाध्यता निर्माण हुँदा जनएकता संगठन यति छिन्नभिन्न भैसकेको थियो कि हामी सबै आ–आफ्ना बाँच्ने खेतीमा थियौँ।
वैचारिक पत्रकारिताको निरन्तरता पूर्ण सामूहिकता तर खास नेतृत्व व्यक्तित्वको व्यवस्थापन गुण पनि हो। जनएकता जत्तिको पत्रिका बन्द हुनुमा आफ्नो भागको कमजोरी स्वीकार गर्दै कम्युनिष्ट आन्दोलनका कयौँ वैचारिक पंक्ति र आम पाठकप्रति म डीआरदाइलाई सम्झँदै क्षमायाचना गर्न चाहन्छु।
जनएकता जत्तिको पत्रिका बन्द हुनुमा आफ्नो भागको कमजोरी स्वीकार गर्दै कम्युनिष्ट आन्दोलनका कयौं वैचारिक पंक्ति र आम पाठकप्रति म डीआरदाइलाई सम्झँदै क्षमायाचना गर्न चाहन्छु।
डीआरदाइलाई हर्टअट्याकपूर्ण मृत्युको पाँचौ हार्दिक श्रद्धाञ्जली दिदैगर्दा उनको र मेरो पत्रकारिता सम्बन्धको कुरा मात्रै मैले गर्न खोजेको होइन। उनी कम्युनिष्ट आन्दोलन र वैचारिक पत्रकारिताका समानान्तर खम्बा थिए। विद्यार्थी राजनीतिक पृष्ठभुमिका उनी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद एवम् मार्क्सवादका सैद्धान्तिक व्याख्याता थिए।
अन्तरमुखी स्वाभावका उनी सामान्य परिस्थितिमा आफुलाई खुलाउदैनथिए। कमिटीमा बोल्नैपर्दा पनि ’त्यस्तो त खासै केही छैन’ भनेर त्यस्ता खासखास विषय र तिनका प्रवृत्ति–अन्तरविरोधबारे घण्टौँ कर्णप्रीय बहस गर्थे।
सांसद त भए नै, उनी नेपाल सरकारका शिक्षामन्त्री समेत भए। उनले शिक्षामन्त्री भएर त्याहाँ के क्रमभङ्ग गरे? त्यो म जान्दिन। नेपालको कर्मचारी संयन्त्र यति तगडा छ कि जस्तै आन्दोलनकारीलाई पनि मन्त्रीको कुर्सीमा पुगेपछि उसले नसके देख्न नसक्ने बनाइदिन्छ, सके आफ्नै काबुमा ढाल्छ।
डीआर दाइलाई भने न अन्धो बनाउन सक्यो न काबुमा ढाल्न सक्यो। तर काम गर्न पनि दिएन। त्यसैले त्यत्रो विद्यार्थी आन्दोलनका प्रतिभा डीआर दाइको शिक्षामन्त्री पद जागिरको औपचारिकता मात्रै भयो।
जनएकताका वर्षहरूमा डिल्लीबजारको एक साँघुरो कोठामा उनीसँग एउटा सामान्य खाट, सुकुल र स्टोभ–डेक्ची मात्र थिए। श्रीमती गंगा बेल्बासे पूर्णकालीन कार्यकर्ता, दुई छोरीहरू सरकारी कन्या माविमा पढ्दथे। नेता हुन्, खाटको ठाउँमा पलङ भयो होला, स्टोभको ठाउँमा ग्यास भयो होला, सुकुलको ठाउँमा बेल्जियन गलैंचा भयो होला।
डीआरदाइले शिक्षामन्त्री भएर पनि कुनै कमाऊ धन्दा गरेनन्। गरेनन् मात्र होइन, माडीमा घरायसी श्रम गर्दै गर्दा उनको देहावसान भयो। पूर्वी पहाडमा पार्टी नेतृत्व गर्दा कुनै कमरेडले एक गिलास रक्सी खाएको पाँच रुपैयाँ खर्च पनि डायरीमा रेकर्ड गर्ने डीआरदाइलाई न रक्सीको स्वाद थाहा थियो, न चुरोटको आदत ।
त्यसो त उनी चितवन, माडीका दुःखजिलोले खानपुग्ने परिवारकै मान्छे हुन्। अहिले त छोरीहरू हुर्किसके। सापेक्षित राम्रो पढे। गंगाजीको राष्ट्रियसभा सदस्य पद उनको लागि न्याय पनि हो।
तर डीआरदाइले शिक्षामन्त्री भएर पनि कुनै कमाउ धन्दा गरेनन्। गरेनन् मात्र होइन, माडीमा घरायसी श्रम गर्दैगर्दा उनको देहावसान भयो। पूर्वी पहाडमा पार्टी नेतृत्व गर्दा कुनै कमरेडले एक गिलास रक्सी खाएको पाँच रुपैया खर्च पनि डायरीमा रेकर्ड गर्ने डीआरदाइलाई न रक्सीको स्वाद थाहा थियो, न चुरोटको आदत नै। रुपचन्द विष्टलाई आदर्श मान्ने उनी विष्टले औंल्याएजस्तो पद पाएर पनि बेइमान भएनन्।
राजकीय पदमा नभएर र सर्वहारा हुँ भनेर पनि औपचारिक स्मृतिमा वार्षिक पुजिने कुनै महान वैचारिक आदर्श नेतृत्वले मर्नेबेला ‘फलानो कार्यकर्ताले मेरो यति लाख डुबाइदियो, त्यसको सर्वनाश हो् भनेर अन्तर्वार्ता दिएको हामीले पढेकै हौं।
जीवनभरी प्रेम र विवाहको कोरा साम्यवादी आदर्श छाँटेर छोरी समानकी ’फलोअर’लाई बिहेका लागि वाध्य बनाउने खोक्रा मार्क्सवादी आदर्शी पनि हामीले देखेकै हौं। पद पाएर पनि केही मौलिक गर्न सक्नु–नसक्नु व्यक्तिका क्षमताका कुरा हुन्। तर पदलाई भजाउने गल्ती नगर्नु पनि उच्च सादगी नैतिकता हो।
डीआर दाइ उच्च नैतिक व्यक्तित्व हुन्। उनलाई हार्दिक श्रद्धा व्यक्त गर्दछु। र, भाउजु गंगा अनि छोरीहरू जागृति र आकृतिमा अनन्त सहनशीलताको कामना गर्दछु।
आदर्श नेता हुनुहुन्थ्यो । धेरै प्रसङ्ग छ्न, सहकार्यका । केही प्रसङ्ग समेट्नु भएकोमा धन्यबाद ।