भोट माग्दै रामसहायले पठाए सांसदहरुलाई एसएमएस
काठमाडौं । जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् ।
संघीय र प्रदेश सभाका ८८५ सांसदहरुलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् ।
सन्देशमा आगामी चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिई विजयी गराउन यादवले अनुरोध गरेका छन् ।
‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधिनताको रक्षा, शान्ति, स्थिरता र सुशासन सहित जनताको समुन्नती र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको जसपा प्रचार विभागले जनाएको छ ।
यादवले सबै सांसदहरुलाई भोट अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेका छन् ।