कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ पुष १९ गते १३:०९
![](https://www.nepalpress.com/wp-content/uploads/2021/03/ramesh-lekhak-congress.jpg)
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया