‘सरकारले पूर्वाग्रह राखेर आफ्ना लागि काम गर्नेलाई राजदूत नियुक्त गर्न खोज्यो’ (भिडिओ) – Nepal Press

‘सरकारले पूर्वाग्रह राखेर आफ्ना लागि काम गर्नेलाई राजदूत नियुक्त गर्न खोज्यो’ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरूले देशको हितको पक्षका निकै राम्रा काम गरे पनि सरकारले उनीहरूलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको टिप्पणी गरे ।

अत्यन्त व्यवसायिक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता बोलाउनु उचित नभएको भन्दै महतले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए ।

प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर