प्रेमसिंहले लिए सिक्किमको मुख्यमन्त्रीको शपथ (भिडि‌ओ) – Nepal Press

प्रेमसिंहले लिए सिक्किमको मुख्यमन्त्रीको शपथ (भिडि‌ओ)

काठमाडौं । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गोलेले मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ गरेका हुन् । गान्तोकको पालजोर स्टेडियममा भएको समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ गराए ।

प्रेमसिंहसहित मन्त्रिपरिषद्का ११ जना मन्त्रीले पनि शपथ गरे । विधायक सोनाम लामा, अरुणकुमार उप्रेती, साम्दुप लेप्चा, भीमहाङ लिम्बू, भोजराज राई, जीटी ढुंगेल, पुरनकुमार गुरुङ, पिन्ट्सो नामग्याल लेप्चा, नरबहादुर दहाल, राजु बस्नेत र छिरिङ थेण्डुप भुटियाले मन्त्रीका रूपमा शपथ गरेका हुन् ।

सिक्किममा गत १९ अप्रिलमा सम्पन्न विधानसभा चुनावमा गोलेको सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले ३२ सीटमध्ये ३१ सीटमा जित हात पारेको थियो । शपथपछि बोल्दै मुख्यमन्त्री गोलेले आफू सरकारमा आएपछि सिक्किम-नेपालको सम्बन्ध विस्तार गर्न धेरै पहल भएको बताए । चिवाभञ्ज्याङ् सीमालाई सुचारु गराउन सिक्किमतर्फको सडक निर्माणलगायतमा काम बाँकी रहेको उनले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर