मकवानपुरगढी गाउँपालिका अध्यक्षको घरमा आगलागी – Nepal Press

मकवानपुरगढी गाउँपालिका अध्यक्षको घरमा आगलागी

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ ।

मकवानपुरगढी गाउँपालिका- ३ धमिलेस्थित अध्यक्ष स्याङतानको घरमा मंगलबार दिउँसोको समयमा आगलागी भएको हो ।

घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *