दुबईबाट ल्याएको अवैध सुन बरामद, ल्याउने र अर्डर गर्ने दुईजना पक्राउ – Nepal Press

दुबईबाट ल्याएको अवैध सुन बरामद, ल्याउने र अर्डर गर्ने दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्रामको सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका-३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान ठोकर छन् ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित संकलन गरी लैजान लागेको अवस्थामा विमानस्थलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धान तथा थप कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *