करिब साढे २ प्रतिशतले घट्यो कर्जाको ब्याजदर – Nepal Press

करिब साढे २ प्रतिशतले घट्यो कर्जाको ब्याजदर

काठमाडौँ । बैङ्कहरूको ब्याजदर लगातार जसो घटिरहेको छ । निक्षेपको ब्याजदर मात्र नभएर कर्जाको पनि ब्याजदर घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको वैशाख मसान्तसम्म कर्जाको औसत ब्याजदर १२.६५ प्रतिशत रहेकोमा चालु वर्षको वैशाखसम्म आइपुग्दा २.३१ प्रतिशतले ब्याजदर घटेको देखिन्छ ।

कर्जाको भारित औसत ब्याजदर वैशाखमा वाणिज्य बैङ्कहरूको १०.३४ प्रतिशत, विकास बैङ्कहरूको ११.८९ प्रतिशत र वित्त कम्पनीहरूको १३.११ प्रतिशत रहेको छ ।

यो वर्षको वैशाखमा वाणिज्य बैङ्कहरूको औसत आधार दर ८.३४ प्रतिशत, विकास बैङ्कहरूको १०.१५ प्रतिशत र वित्त कम्पनीहरूको ११.६१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको चैतमा वाणिज्य बैङ्कहरूको औसत आधार दर १०.२७ प्रतिशत रहेको थियो । गत वर्ष ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.६६ प्रतिशत रहेकोमा यो वर्ष ह्वात्तै घटेर ३.०२ प्रतिशतमा झरेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ७ प्रतिशतबाट २.८८ प्रतिशतमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर