एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित – Nepal Press

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

कमिटीको दोस्रो जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षमा घिमिरे र यमप्रसाद तिवारी बीच प्रतिस्पर्धा भएको थियो ।

घिमिरे र तिवारीले बराबरी मत ल्याएपछि गोला प्रथा भएको थियो । गोला प्रथाबाट घिमिरे निर्वाचित भएका हुन् । घिमिरे र तिवारीले ८९ मत ल्याएका थिए ।

यसै गरी, उपाध्यक्षमा माधव भट्टराईले १०८ मत प्राप्त गरी निर्वाचित भएका छन् । अर्का उपाध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद सापकोटाले ६५ मत प्राप्त गरेका थिए ।

उपसचिवमा जीवन थापामगर निर्वाचित भएका छन् । उनले ८७ मत ल्याएर निर्वाचित भएका हुन । भने अर्का उम्मेदवार भरत नेपाले ३२ भोट ल्याएका थिए । मनीषा सुब्बा महिला निर्विरोध निर्वाचित भएकी छिन ।

निर्वाचनमा सबैभन्दा धेरै मत सचिवका उम्मेदवार राजेन्द्र भण्डारीले ल्याएका छन् । उनले सचिवमा १२४ मत ल्याएर निर्वाचित भएका हुन् । सचिवका अर्का उम्मेदवारले रोहन गुरुङले ५० भोट प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर