मधेश : तयारी नपुगेको भन्दै नीति तथा कार्यक्रम साँझ ६ बजेलाई सारियो – Nepal Press

मधेश : तयारी नपुगेको भन्दै नीति तथा कार्यक्रम साँझ ६ बजेलाई सारियो

जनकपुरधाम । मधेश सरकारले आज ल्याउन लागेको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज साँझ ६ बजेलाई सारिएको छ ।

प्रदेशसभा सचिवालयले २ बजे प्रदेशसभा बैठक बोलाउने तयारी गरेको थियो ‌। तर नीति तथा कार्यक्रम फाइनल गर्न ढिला भएपछि मुख्यमन्त्री सतिश कुमार सिंहको आग्रहमा प्रदेशसभा बैठक साँझ ६ बजेलाई सारिएको बुझिएको छ ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

जनमत पार्टीका सतिश कुमार सिंहको नेतृत्वमा जेष्ठ २५ मा नयाँ सरकार बन्यो । मुख्यमन्त्री सिंहलाई जनमतसहित ६ दलको समर्थन छ । त्यसैले नीति तथा कार्यक्रम ल्याउन ढिला भएको छ ।

अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले नै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको थियो ।

पार्टी विभाजनका कारण जेष्ठ २३ मै मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनुपरे । तर विश्वासको मत गुमाएपछि सरकार ढल्यो । नयाँ सरकारले नीति तथा कार्यक्रममा हेरफेर गर्न लाग्दा ढिलो भइरहेको स्रोतले जनायो ।

मधेशमा जसपा नेपाललाई जनमतले प्रतिस्पर्धी पार्टी मान्छ । जसपा नेपाल मधेशमा साढे ६ वर्ष सरकार चलायो । जनमतले पहिलो पटक सरकारको नेतृत्वमा पुगेर नीति तथा कार्यक्रम र बजेट ल्याउने लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर