नाशभील नेप्लिज एशोसियसनको पहिलो महिला अध्यक्ष बनिन् अरुणा खड्का – Nepal Press

नाशभील नेप्लिज एशोसियसनको पहिलो महिला अध्यक्ष बनिन् अरुणा खड्का

काठमाडौं । अमेरिकाको नाशभिल राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नाशमिल नेप्लीज एशोसियसनको अध्यक्षमा अरुणा खड्का चयन भएकी छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका ५ मा जन्मिएर विगत डेढ दशकदेखि अमेरिकामा रहेकी खड्का एनएनएको पहिलो महिला अध्यक्ष हुन् । रियल स्टेट कारोबारमा संलग्न खड्का फेसन तथा मेकअप आर्टिस्ट समेत हुन् ।

स्टेट अफ टेनेसीमा दर्ता भएको नाशभील नेप्लीज एशोसियसन (एनएनए)मा सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरु आबद्ध छन् । अध्यक्ष निर्वाचित खड्काले रामेछापका विभिन्न विद्यालयमा शैक्षिक सामग्रीलगायत अन्य सामाजिक सहयोग समेत गर्दै आएकी छन् ।

संस्थाको उपाध्यक्षमा नारायण भुसाल, महासचिवमा चन्द्र सापकोटा र सहसचिवमा माधव पराजुली तथा नविन आचार्य र कोषाध्यक्षमा खेम पौडेल चुनिएका छन् ।

नवनिर्वाचित कार्य समितिले सो क्षेत्रमा रहेका नेपालीहरुको हित बृद्धि तथा नेपाली संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई नेपालको कला संस्कृति र पहिचानबारे पोख्त बनाउन पहल गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर