अमेरिकाका चार कलेज प्रशिक्षकहरूलाई चीनमा छुरा प्रहार – Nepal Press

अमेरिकाका चार कलेज प्रशिक्षकहरूलाई चीनमा छुरा प्रहार

काठमाडौं । अमेरिकाका चार कलेज प्रशिक्षकहरूलाई चीनमा छुरा प्रहार भएको छ ।

बेलायती प्रसारक बीबीसीका अनुसार इओवा कर्नेल कलेजका प्रशिक्षकलाई एक अज्ञात हमलाकारीले छुरा प्रहार गरेको हो ।

उनीहरूलाई उत्तरी चीनको चिलिन प्रान्तमा यस्तो प्रहार भएको हो । पार्कमा गएको समयमा उनीहरूलाई छुरा प्रहार गरिएको हो । घाइते चारै जनालाई अस्पताल भर्ना गरिएको छ ।

यो घटनाले आगामी पाँच वर्षमा ५० हजार अमेरिकी युवाहरूलाई चीनमा ल्याउने राष्ट्रपति सी चिनफिङको योजनामा धक्का लाग्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर