‘टर्बुलेन्समा’ परेर सामान्य घाइते भएका यात्रुलाई सिंगापुर एयरलाइन्सले १० हजार डलर क्षतिपुर्ति दिने – Nepal Press

‘टर्बुलेन्समा’ परेर सामान्य घाइते भएका यात्रुलाई सिंगापुर एयरलाइन्सले १० हजार डलर क्षतिपुर्ति दिने

काठमाडौँ । सिंगापुर एयरलाइन्सको टर्बुलेन्समा परेर सामान्य घाइते भएकाहरुलाई जनही दश हजार अमेरिकी डलर क्षतिपुर्ति दिइने भएको छ । यस्तै विमान कम्पनीले अति धेरै चोटपटक लागेका यात्रुलाई २५ हजार अमेरिकी डलर दिने भएको छ ।

अरु सबै यात्रुहरुलाई हजार अमेरिकी डजरको दरले जनही रकम दिइएको छ । यो बाहेक अरु रकम पनि दिने बेलायती प्रसारक बीबीसीले उल्लेख गरेको छ । गत मे २१ मा एस क्यू ३२१ कल साइन भएको सिंगापुर एयरलाइन्सको विमान म्यानमार माथी पुग्दा टर्बुलेन्समा परेको थियो ।

विमान ४.६ सेकेण्डमा ५४ मिटर तल झरेपछि एक बेलायती नागरिकको हृदयघातबाट मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । टर्बुलेन्स आएको विमानलाइ थाइल्याण्डमा डाइभर्ट गरिएको थियो । थाइ अस्पतालमा उपचाार गराइएका घाइतेहरुको मेरुदण्ड र मांशपेसीमा समस्या भएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

२११ यात्रु बोकेको विमानको उक्त घटना भएको चार दिनपछि मात्रै यो खबर सार्वजनिक भएको थियो । अधिकांश घाइते भएकाहरुले राम्रोसँग सिटबेल्ट नबाँधेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर