प्रवासी मञ्च अष्ट्रियाको सातौं अधिवेशनको तयारी पूरा – Nepal Press

प्रवासी मञ्च अष्ट्रियाको सातौं अधिवेशनको तयारी पूरा

भियना, अष्ट्रिया । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी अष्ट्रियाको ७ औं अधिवेशन जुन २३ मा हुने भएको छ । विश्वका ४० मुलुकहरुमा छरिएर रहेका राष्ट्रिय कमिटीहरुमध्ये यूरोपको सुन्दर र शान्त देश अष्ट्रियामा यस तहमा हुन लागेको पहिलो कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको काम सकिएको मंचका अध्यक्ष डीआर नेपालले जानकारी दिए ।

विदेशबाट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, यूरोप ईन्चार्ज तथा सचिबालय सदस्य भक्त बहादुर वाग्ले, केन्द्रीय सदस्य तथा अष्ट्रीया ईन्चार्ज सरस्वती केसी केन्द्रीय सदस्य सन्तोष भट्टराई तथा यूरोप संयोजक मुक्त बहादुर गुरुङ र सचिव शालिक थपलिया, बेल्जियम राष्ट्रिय कमिटी अध्यक्ष बिनोद न्यौपाने, नेदरल्याण्ड राष्ट्रिय अध्यक्ष केशब राज पाण्डे, माल्टा संस्थापक अध्यक्ष सत्य झाको उपस्थित रहने जानकारी प्राप्त भएको सचिव बाबा राजेश्वरी थापाले जानकारी दिइन् । ।

त्यस्तै, अष्ट्रियाको लागि नेपाली राजदुत भरत कुमार रेग्मी गैरआवासीय नेपाली संघ अष्ट्रियाका अध्यक्ष तथा भियनास्थित वैचारिक संगठनका अध्यक्षहरु तथा समाजका लब्ध प्रतिष्ठित साथै व्यवसायिक–समाजसेवीहरुको उद्घाटन समारोहमा सहभागीता रहने समेत उनले जानकारी दिइन् ।

यूरोपभरका राष्ट्रिय कमिटीका अध्यक्षहरु, यूरोप समिति र यसका विभिन्न विभाग, अन्तर्राष्ट्रिय समिति तथा अष्ट्रियास्थित विभिन्न सामाजिक संघ संस्थाहरुलाई आमन्त्रण गरिएको छ यदि निमन्त्रणा पत्र पाप्त गर्नु भएको छैन भने यसै सूचनालाई आधारमानी सहभागीताको लागि समेत सचिव थापाले आह्वान गरिन् ।

‘सबल प्रवासी समृद्ध नेपाल– सामाजिक रुपान्तरण हाम्रो अभियान’ भन्ने मुल नाराको साथ भियनास्थित डीलाइट्स अफ इन्डिया, Delights of India, Untere Augartenstraße 10, 1020 Vienna मा अपरान्ह १२ बजे बाट शुरु हुने समुद्घाटन शत्र मौलिक एवं संक्षिप्त रहने, समाजमा सकारात्मक सन्देश संप्रेषण गर्न सफल हुने विश्वास लिइएको छ ।

अष्ट्रिया सरकारमा दर्ता भै छैटौ कार्यसमितिले विभिन्न समस्याको बाबजुद समेत राम्रो काम गरेकोले यस अधिबेशन संस्थाको कोषेढुङ्गा सावित हुने विश्वास लिइएकोले सहभागी हुन आतुर रहेको स्थानीय व्यवसायी तथा फिष्टेल सुपरमार्केटका सचालक दिनेश बैदवारले बताए ।

अधिवेशनको बन्द शत्रले गत कार्यकालको प्रगति प्रतिवेदन, सांगठनिक र आर्थिक प्रतिवेदन छलफलको साथ पारित गर्नुको साथै नयां नेतृत्व समेत चयन गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर