भारतीय निर्वाचनमा बिजेपीले ९० दिनमा १९ करोड बढीको फेसबुक विज्ञापन गर्‍यो – Nepal Press

भारतीय निर्वाचनमा बिजेपीले ९० दिनमा १९ करोड बढीको फेसबुक विज्ञापन गर्‍यो

काठमाडौं । भारतीय जनता पार्टी (बिजेपी)ले ९० दिनमा करिब साढे १९ करोडको विज्ञापन रन गराएको छ । बिजेपीले पछिल्लो ९० दिनमा १९ करोड ३८ लाख ५४ हजार ३४२ रुपैयाँ (भारतीय रुपैयाँ) को विज्ञापन रन अर्थात् चलाएको ‘मेटा लाइब्रेरी’ को रिपोर्टले देखाएको हो ।

भारतको निर्वाचन समाप्त हुन अघिको ९० दिन अर्थात् मार्च ५ देखि जुन २ तारिखसम्म फेसबुकमा सबैभन्दा बढी विज्ञापन भारतीय जनता पार्टी (बिजेपी) देखिएको छ । १६ मिलियन फलोअर्स भएको बिजेपीको आधिकारिक फेसबुक पेजमा ४३ हजार ४५५ वटा विज्ञापनहरू चलेका छन् ।

निर्वाचनको सयमामा सबैभन्दा बढी फेसबुकमा विज्ञापन गर्नेको दोस्रो नम्बरमा भारतीय राष्ट्रिय कङ्ग्रेस पार्टी रहेको छ । भारतीय राष्ट्रिय कङ्ग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमा १० करोड ८८ लाख ३५ हजार रुपैयाँ (भारतीय रुपैयाँ) खर्च गरेको छ । ६.८ मिलियन फलोअर्स भएको भारतीय राष्ट्रिय कंग्रेसको आधिकारिक पेजमा निर्वाचनको ३० दिनमा मात्रै ८४७ वटा विज्ञापनहरू रन भएका थिए ।

त्यस्तै, बिजेपी र कंग्रसपछि सबैभन्दा बढी फेसबुक विज्ञापनमा ‘आम चिन्ह शङ्ख चिन्ह’ नामक पार्टीले खर्च गरेको छ । फेसबुक कम्पनीले मेटाको रिपोर्टअनुसार भारतीय इतिहासमै बिजेपी र कंग्रेपछि सबेभन्दा बढी फेसबुक विज्ञापनमा पैसा खर्च गर्ने पार्टी ‘आम चिन्ह शङ्ख चिन्ह’ पार्टीले दुई वटा फेसबुक पेजबाट सबैभन्दा बढी विज्ञापन गरेको छ ।

भारतमा निर्वाचनको समयमा सबैभन्दा बढी विज्ञापन गर्ने पार्टीले लिस्टको तेस्रो र चौथो नम्बरमा ‘आम चिन्ह शङ्ख चिन्ह’ पार्टी रहेको छ । पहिलो फेसबुक पेजबाट उक्त पार्टीले ७ करोड ३६ लाख १३ हजार भारतीय रुपैयाँ र दोस्रो फेसबुक पेजमार्फत ३ करोड २९ लाख ४३ हजार भारतीय रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी, ‘एलोरम नाममुदन’ नामक फेसबुक पेजबाट २ करोड २२ लाख ९४ हजार भारतीय रुपैयाँको फेसबुकमा विज्ञापन गरिएको छ ।

‘बिजेपी ओडिशा’ नामक फेसबुक पेजमार्फत १ करोड ९७ लाख २२ हजार भयतिर रुपैयाँ विज्ञापनमा खर्च गरिएको छ । भने, ‘फिर एक बार मोदी सरकार’ नामक फेसबुक पेजमार्फत १ करोड ६३ लाख ५४ हजार, ‘अल इन्डिया तृणमुल कङ्ग्रेस’ नामक फेसबुक पेजले १ करोड ५० लाख ५६ हजार भारतीय रुपैयाँ खर्च गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर