साथीहरूले राजनीति गर्न दिएनन्, त्यसैले फिल्म निर्देशक बनेँ : नविन सुब्बा – Nepal Press

साथीहरूले राजनीति गर्न दिएनन्, त्यसैले फिल्म निर्देशक बनेँ : नविन सुब्बा

काठमाडौं । विश्व प्रसिद्ध फिल्म निर्देशक फ्रान्सिस डी कोपलाले कुनै समय भनेका थिए । ‘कला क्षेत्रको सबै भन्दा अहम् पाटो भनेको जोखिम मोल्नु हो । जोखिम नमोलीकन पहिला कसैले नदेखाएको कलात्मक चित्र पर्दामा देखाउन सकिन्न ।’

नेपाली सिने जगतमा चल्दै आएको ‘बलिउड इन्स्पायर’ कथाको दबदबा बिच जोखिम मोलेर नै नेपाली कथा, गाथा र व्यथा सुहाउँदो कथा पस्किने एउटा त्यस्तै आँटिला निर्देशक हुन्, नविन सुब्बा ।

विद्यार्थी राजनीति, कविता, नाटक, पत्रकारिता, फिल्म समीक्षक हुँदै निर्देशक बनेका सुब्बाले यस अघि टेली शृङ्खला दलन, चलचित्र नामाफुङ, बाईबाई काठमाडौं, खाङ्ग्रीः द माउन्टेनबाट आफ्नो निर्देशकीय कौशल प्रस्तुत गरिसकेका छन् ।

जेष्ठ २५ गते रिलिज हुन लागेको उनको नयाँ चलचित्र गाउँ आएको बाटोले उनलाई थप उचाइमा पुर्‍याउँछ वा नेपाली दर्शकले उनको ६ वर्षे सिने साधना पश्चात जन्मिएको गाउँ आएको बाटोलाई ‘रिजेक्ट’ गरिदिन्छन् त्यो थाह पाउन अझ केही समय पक्कै लाग्ने छ ।

तर विगतका ट्र्याक रेकर्ड हेर्दा, विदेशी सिनेमा र नेपाली सिनेमाको नाममा भाषा मात्र नेपाली राखेर विदेशी सिनेमाकै झल्को दिने ‘सियुडो’ नेपाली सिनेमाबाट ह्याङ भएका नेपाली दर्शकलाई गाउँ आएको बाटो एक फरक अनुभव हुन सक्ने प्रबल सम्भावना देखिन्छ ।

यसो त गाउँ आएको बाटोले आफ्नो गुणस्तरको छनक प्रतिष्ठित ‘टोरोण्टो इन्टरनेशनल फिल्म फेस्टिभल’, ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल’ ‘बेजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ लगायतमा छनौट भएर दिइसकेको छ । तर नेपालमा फिल्म चल्नको लागि गुणस्तर मात्र एक मानक होइन ।

त्यसैले त फिल्म निर्देशकहरू/निर्माताहरू रिलिजको मुखैमा आएर अनेकौँ फण्डाबाजी गर्छन् । कोही चलचित्रलाई राष्ट्र र राष्ट्रियतासँग जोड्छन्, कोही आफूलाई बुद्धसँग दाँज्छन् । त कोही अनेकौँ बाहानमा क्यामरा अगाडि आएर धुरुधुरु रुन्छन् ।

यस बाहेक सिनेमालाई आर्ट सिनेमा र कमर्सियल सिनेमामा वर्गीकरण गर्दै मनोरन्जनको स्रोत नै कमर्सियल सिनेमा हो भन्ने भाष्य निर्माण गर्न लागिपरिरहेको समूह त छदै छ ।

यिनै यावत परिस्थितिका बिच निर्देशक सुब्बासँग उनको व्यक्तिगत जीवन, भोगाई , फिल्म निर्देशन यात्रा, नेपाली सिनेमा क्षेत्रको सम्भावना चुनौती, फिल्म कूटनीति आदीबारे छलफल गरेर तयार पारिएको विस्तृत भिडिओ अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर