हायर पर्चेज कर्जा दिने कम्पनी पनि सम्पत्ति शुद्धीकरणको दायरामा – Nepal Press

हायर पर्चेज कर्जा दिने कम्पनी पनि सम्पत्ति शुद्धीकरणको दायरामा

काठमाडौं । अब देखि हायरपर्चेज कर्जा दिने कम्पनीलाई पनि सम्पत्ति शुद्धीकरणको दायरामा ल्याइने भएको छ ।

ग्राहक तथा वास्तविक धनीको सम्बन्धमा विद्युतीय माध्यममा विवरण राखी आवश्यक परेको बेला जुनसुकै समयमा परीक्षण तथा विश्लेषण गर्न वा नियमनकारी निकायले मागेको बेला उपलब्ध गराउन सक्ने गरी विवरण अद्यावधिक गराउनुपर्नेछ ।

उच्च जोखिम देखिएका ग्राहकहरूको कम्तीमा वर्षको एक पटक तथा जोखिमको वर्गीकरण अनुसार, ग्राहक पहिचान विवरण अनुरूप कारोबार मेल नखाएको अवस्थामा तत्काल, ग्राहक पहिचानको कार्य पुरा नभएको अवस्थामा तत्काल, ग्राहक पहिचानको कार्य पुरा नभएको अवस्थामा तत्काल विवरण उपलब्ध हुनसक्ने गरी विवरण अद्यावधिक गर्नुपर्नेछ ।

यस्तै एएमएल सिएफटी सम्बन्धी संस्थागत जोखिमको पहिचान तथा मूल्याङ्कन गरी सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको पहिलो तीन महिना भित्र सम्बन्धित सुपरिवेक्षण विभाग/महाशाखामा पेश गर्नुपर्नेछ ।

यस्तो प्रतिवेदन त्रैमास सकिएको १५ दिनभित्र बुझाउनुपर्नेछ । एक आर्थिक वर्षमा एक पटक वा पटक पटक गरी ३० लाख भन्दा बढी हायरपर्चेज ऋण लिएमा र एक दिनमा १० लाख भन्दा बढी रकम भुक्तान गरेमा वित्तीय जानकारी इकाइमा जानकारी गराउनु पर्नेछ ।

हायर पर्चेज कर्जा दिने कम्पनीका पदाधिकारी तथा कर्मचारीहरूले तयार गरिएका प्रतिवेदन, कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी ग्राहक तथा अन्य कुनै व्यक्तिलाई जानकारी दिनु हुँदैन ।

यदि जानकारी दिएको पाइएमा कारबाही हुनेछ । हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेशिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर